Rajin Paneru
April 11, 2020
0
जिन्दगी कसले बनायो?
![]() |
| तस्बिर - गुगलबाट साभार गरिएको हो । |
विज्ञानले वा ज्ञानले? खुदा वा डार्बिनले ? प्रभुले वा ब्रह्माले ? ब्रह्मशून्य म के भनूँ– सुरुआत कसले गर्यो? त्यो म जान्दिनँ। जानेको कुरा सत्य ठान्दिनँ। नजानेको कुरा सत्य मान्दिनँ। साँच्चै भनूँ दोधारमा छ मन। काँडेतारमा छ। कतै प्यारमा छ। तिरष्कारमा छ। कसैको स्वीकारमा छ। कसैको प्रतिकारमा छ। धरापमा छ। पड्कियो भने सम्भवतः कोही बाँच्दैनन्। बाँचे पनि स्थिति प्रलयको घेरामा हुन्छ। भौतारिँदै बाँच्नुुपर्छ। के अर्थ, बेतुक जिन्दगी भोगाइको? र पनि सत्य यो छ कि– बाँच्नुपर्छ। जिन्दगी खतराको खोलमा डार्बिन/नवडार्बिनवादसँग पौठेजोरी खेलिरहेको छ।
