विचार-विमर्श

नयाँ

Wednesday, May 27, 2020

पाठकीय अदालतमा 'झोला' - राजिन पनेरू

May 27, 2020 0
( कृष्ण धरावासीको चर्चित कथा- झोलाका बारेमा सुजित मैनाली, कृष्ण धरावासी र राजिन पनेरूद्वारा गरिएको वहश) 

       अन्नपूर्ण पोस्टको शनिबारीय परिशिष्टांक ‘फुर्सद’का गत दुई अंक (मंसिर १ र ८) मा दुई आलेख प्रकाशित भए।  पहिलो सुजित मैनालीद्वारा लिखित सतीप्रथाको अपव्याख्या   र दोस्रो कृष्ण धरावासीद्वारा लिखित ‘जति सकेँ त्यति लेखेँ’ ।  यी दुईमध्ये पहिलो आलेख धरावासी लिखित ‘झोला’ कथामा सतीप्रथाको अपव्याख्या गरिएको विषयलाई लिएर लेखिएको थियो भने दोस्रो मैनालीको आलेखलाई लिएर आख्यानकार धरावासीद्वारा गरिएको ‘एन्टी थेसिस’ अर्थात् ‘प्रतिवाद’।
‌‌‌०००

मैनाली  : धरावासीले ‘झोला’ लेख्नुअघि जंगबहादुरले जारी गराएको मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महल पढेको भए बेस हुन्थ्यो ।
धरावासी : मैले राणाकालमा सतीप्रथाबारे के–कस्ता कानुन थिए वा थिएनन् भन्नेबारे सामान्य अध्ययन मात्र गरेको थिएँ। तिनलाई शोधकै तहसम्म पुर्‍याउने आवश्यकता महसुस गरिएनछ होला। मलाई त्यो हदसम्म अध्ययन गर्ने आवश्यकता महसुस भएन।
माथिको सन्दर्भलाई हेर्दा सुजितको भनाइलाई धरावासीले सजिलैसँग प्रतिवाद गरेका छन् - इतिहास मेरो अध्ययनको विषय होइन।
धरावासीको निष्कर्ष छ— यीभन्दा अझ धेरै जिज्ञासा उठ्ने ठाउँ प्रशस्त होलान् ‘झोला’ कथामा। ती सबै जिज्ञासाको जवाफ अब कथा आफैंले दिँदै जानुपर्छ। हुन त यी उत्तर पनि लेखकले दिइरहनु नपर्ने हो तर यी जिज्ञासा मैनालीमार्फत धेरै पाठकबाट आएका हुन् भन्ने ठानेर एकपल्टलाई कठघरामा उभिएको मात्र हुुँ।
आउनोस् यही दुई ‘वाद’–‘प्रतिवाद’ मा रहेर एकैछिन ‘संवाद’ गरौं...
Read More

Wednesday, May 13, 2020

नेपथ्य किस्सा - अश्वत्थामा हतोहतः

May 13, 2020 0
आदरणीय अविनाश दाइ !
          तपाईँसँगका केही नेपथ्य किस्साहरू छन् । यी किस्साहरू मेरा लागि खास छन् । समय रह्यो भने पढ्नुहोला । साथमा तपाईँको जन्म दिवस । दीर्घजीवनको कामना गरेँ । बाँकी किस्साहरूबाटै ...
किस्सा १
          पोखरा बसाइताकाको कुरा हो, गरिमाको नियमित पाठक थिएँ । गोरखापत्र बाजेको पत्रिका पोखराको 'खास' थियो । पैसा तिरेर वा नतिरेर पढ्नेको  जमात सधैँ देख्न पाइने । पैसा नतिर्ने छाँटकाँट देखे भने 'बाजे' यौनसाहित्यको लर्कोतिर देखाउँदै भन्थे, 'ऊ त्यो पढ्नू । यहीँ बसेर ।'

          ढिलै हात परे पनि गरिमा विशेष लाग्थ्यो । गरिमाको 'गरिमा' थियो । लाग्थ्यो, 'कुनै दिन यसमा लेख छपाउन पाए !' मानौँ लेख छापिएर आएको छ र उक्त प्रति बोकेर डेरामा दौडिरहेको छु । व्यक्ति विशेष अन्तर्वार्ता र समालोचना मेरा लागि प्रिय थिए किनकि ती आलेख मेरो अध्ययनका लागि थप खुराक बन्थे ।
Read More

Saturday, April 11, 2020

पुस्तकमा अम्मली पुस्ता-फिचर

April 11, 2020 0
शिक्षा रिसालको फिचर 

‘पुस्तकहरू हवाईजहाज हुन्, रेल हुन्, सडक हुन् । ती गन्तव्य हुन् । र, यात्रा हुन् । पुस्तक घर हुन् ।’ अमेरिकी लेखिका तथा पत्रकार एन्ना क्विन्डलेनको यो भनाई पुस्तकप्रेमीलाई नौलो लाग्दैन ।
नागरिक दैनिक, अक्षरद्वारा तयार पारिएको स्टोरी चित्र 
पुस्तकहरू एक्लोपनाका साथीमात्र होइनन्, ज्ञान र आनन्दका भण्डार पनि हुन् । तिनले उडाउँछन्, गुडाउँछन् र ठाउँठाउँको यात्रा गराउँछन् अनि आनन्द पनि दिन्छन् । यसैले पनि पुस्तक पढ्नेको जमात बढ्दैछ । पहिलेपहिले विद्यालय–कलेजका पाठ्यक्रमका पुस्तकमात्र पढ्ने पुस्ता अहिले बजारमा आएका नयाँ पुस्तकहरू पढ्न व्यस्त देखिन्छन् ।
त्यसो त, अहिलेको युवापुस्ता नयाँनयाँ चिजको ‘एक्सपेरिमेन्ट’ गर्न चाहन्छ । कोही सिनेमा, खेलकुदलाई मनोरञ्जनका रूपमा लिन्छन् भने कोही यतिसम्म पुस्तकप्रेमी हुन्छन् किताबबिना उनीहरूको जीवन नै अपूरो हुन्छ । उनीहरू पुस्तकको अम्मली भएका छन् । नयाँनयाँ पुस्तकमा आएका नवीन विषय नपढी बस्नै सक्दैनन् ।
Read More

उत्तीसघोडा–बत्तीसघोडाका कन्डक्टर (मोराश)

April 11, 2020 0
                                                                                                 राजिन पनेरू 
उत्तीसघोडा–बत्तीसघोडाहरू ! 
      सुन्नोस्, सुन्नोस् र फेरि सुन्नोस् ! यो वैकुण्ठ एक्सप्रेस मिनीबसको म चालक हुँ र कन्डक्टर पनि । यो क्याप लगाउँदा म चालक हुन्छु र क्याप फुकाल्दा कन्डक्टर ।’ यही उद्गारले मलाई मोराश अर्थात् मोहनराज शर्मासम्म पुर्‍यायो । सम्वत् २०६२ मा मोराशकृत नाटक ‘वैकुण्ठ एक्सप्रेस’ पढ्न बस्दा पृष्ठैपिच्छे म कुतकुतिइरहेँ ।
नयाँ पत्रिकाद्वारा लिएको स्टोरी स्केच 


Read More

हिमाली भेगकी लालबन्ना - लोकगाथा

April 11, 2020 0

लोककथा

                                                                                               राजिन पनेरू 

‘डाँफे र मुरली’को आख्यान
हिमाली भेगकी लालबन्ना (लालवर्णे) चरीले ठूलो प्रसव वेदना सहेर फूल पार्छे। बच्चा कोरल्छे। नाम राख्छे-डाँफे।
आमाको मायामा हुर्किएको डाँफे कालक्रमसँगै बाइस वर्षको तन्नेरी हुन्छ। डाँफेले एक रात सपना देख्छ। सपनामा तराई क्षेत्रकी मुरली चरीलाई भेट्छ। मुरलीको रूपसौन्दर्यले मोहित डाँफेले विपनामा उसैसँग विवाह गर्ने अठोट लिन्छ।
Read More