पिरतिको जेलमा परेपछि ... - विचार-विमर्श

नयाँ

Tuesday, March 12, 2013

पिरतिको जेलमा परेपछि ...

मर्ने र मार्नेको खेलमा परेपछि
प्रतिघातको नतोडिने नेलमा परेपछि । १

मै हुँ भन्ने योद्धा पनि नराम्ररी आज
सड्दो रैछ पिरतिको जेलमा परेपछि ।। २

झर्ना बनी झर्ने रहर हुँदा-हुँदै सबै
शून्य भयो खहरेको भेलमा परेपछि ।।। ३

पोको बोकी भोको यात्रा निस्केँ परदेशतिर
आशा थियो सुध्रिन्छ कि रेलमा परेपछि ।।।। ४


टुट्यो साँढे सातले टुट्यो अभागीको कर्म
त्यही रेल पनि आफैँ ब्रेक् फेलमा परेपछि ।।।। ५ 

No comments: