बनाउनेले आदेशमा मन्दिर ... - विचार-विमर्श

नयाँ

Saturday, April 11, 2020

बनाउनेले आदेशमा मन्दिर ...



अहम्‌ताले जिन्दगीलाई स्थिर बनाइदियो
त्रिकालदर्शी ब्रह्मबेत्ता शिर बनाइदियो ।

'म' भित्रको 'म' खोज्दा-खोज्दै समयले
बिना कमण्डलुको फकिर बनाइदियो ।

चढाउनुपर्छ बली जिन्दगीको उस्ले
बनाउनेले आदेशमा मन्दिर बनाइदियो ।

काँधमा बोकेर दुवै खुट्टा आफ्नो
भाग्दै गरेको कसैले तस्बिर बनाइदियो ।

उपर्युक्त सबै गुण एउटैमा हुलेर
खै ! कल्ले यस्तो तख्दिर बनाइदियो ।।



स्रोत - शारदा मासिक, हस्ताक्षर गजल
रचना मिति - २०७४।०३।१२

No comments: