पशु जात्रा - विचार-विमर्श

नयाँ

Saturday, February 9, 2013

पशु जात्रा






शहिदको छातीमा
गाडेर तीखा नङ्ग्रा
एक हुल गिद्धहरु
रगत चुसेर
मासु लुछिरहेछन् र
चोइट्याइरहेछन् चुच्चाले
अङ्ग अङ्ग । १

लमतन्ने चहुरबाट
मसाने स्यालहरु
बोकेर झण्डा विद्रोहको
निर्देशित आधा लाश
मागिरहेछन् ।। २

बाघ बन्ने धुनमा
प्रौढ ङ्खयाउराहरु
काँध चढेर तन्नेरी भीडबाट
लम्किरहेछन् गुफातिर ।।।

यता मशाल जुलुशमा निस्केका जुनकिरीहरु
लामखुट्टेको  प्रतिकारमा
अस्पतालको शैयामा
छट्पटाइरहेछन्  जीवन मरणको दोसाँधमा
भरखर समाचार आयो
बाँसको झ्याँङमा
डाङ्ग्रेहरुको भिडन्त
सुरक्षार्थ तैनाथ
राता– काला– सेता– खैरा कुकुरहरु
बाघको गर्जन सुनेर
पुच्छर डोलाउँदै भागे ......
भिडन्त नियन्त्रणका लागि
देशभर कङ्खर्यु
ब्रेकिङ न्यूज ......
केही बेरपछि
देशको निकासको लागि
डाँफेको तीनतारे होटेलमा
बाँदर, कुकुर, बिराला र स्याल लगायतको संयुक्त बैठक बस्दै
छिट्टै परेवाहरुलाई गुँड फर्काउने आश्वासन  ।।। ३

एकाएक सनसनी पैmलियो
छिनैमा सन्नाटा
अनेक अड्कलबाजी चल्न थाल्यो
अब शान्ति हुन्छ
होइन क्रान्ति हुन्छ
प्रगति हुन्छ
होइन दूर्गति हुन्छ
हल्लाकै बिचमा लाटेकोसेरो
निद्रा भङ्ग भएको रिसमा
कड्केर भविष्यको नक्सा पढ्न थाल्यो
यहाँ केहि दिनको लागि
सहमति हुँदैछ
अनि भङ्ग
फेरि सहमति
विमति अनि भङ्ग .....
परेवाहरु घाइते हुन्छन्
मारिन्छन्
वेपत्ता पारिन्छन्
बाजहरुमा उमङ्ग हुन्छ
चल्ला झसङ्ग हुन्छ
ऊ अझ कड्केर बोल्यो......
सहमति हुन्छ, भङ्ग हुन्छ,
दङ्ग – उमङ्ग – झसङ्ग – अनि भङ्ग
पशुपतिको देश के भन्नू
नतिजाकै पर्खाइमा छु
हेरौँ  अब के हुन्छ ।।।।  ४


















No comments: