Rajin Paneru
June 08, 2020
0
सम्झनामा हरिभक्त कटुवाल
राजिन पनेरू/पुरु लम्साल
'बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको'
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको'
सन् १९३५ जुलाई २ अर्थात् १९९२ साल असार १८ गते मंगलबार भारतको आसाम राज्यको डिब्रुगढ, बर्डबिलको ख्वाङ गेर्गेरी गाउँमा जन्मिएका हरिभक्त कटुवाल किस्सैकिस्साका एउटा जिन्दगी हुन् ।
बूढीडिङ नदीमा आएको बाढीले सबथोक बगाएपछि नौ महिनाका हरिभक्तलाई बोकेर बोगिबिल आएको कटुवाल-परिवार ब्रह्मपुत्रको किनारमा आश्रय लिन पुग्यो । सन् १९५० को भुइँचालोले थला परेको बोगिबिल तंग्रिन नपाउँदै ब्रह्मपुत्रमा आएको बाढीले नेपालीभाषीहरूको बस्ती बगरमा परिणत गरिदियो । त्यो त्यही समय थियो, जति बेला हरिभक्त जागुनमा आफैं विद्यालय खोलेर शिक्षाको ज्योति छरिरहेका थिए ।



