मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण - विचार-विमर्श

नयाँ

Monday, August 26, 2013

मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण


मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण 

                                 राजिन पनेरु

जीवनी सन्दर्भ

देह यात्रा : वि.सं. १९८३२०६३ सम्म
शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथा साहित्यको स्वाध्ययन
कविता : पहिलो (जाँदा जाँदै : २००३ साल), प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौकार्तिक : २००७)
साहित्यिक योगदान : करिब दशक लामो समय
मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो)
विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा
हाँकेको मुख्य युग÷प्रवर्तन : नवयुगीन प्रयोगवादी धारा (वि.सं. २०१७ सालको रूपरेखा पत्रिकामा प्रकाशित घाइते युगशीर्षकको कविताबाट वि.सं. २०२९ सालसम्म)
प्रकाशित मुख्य कृतिहरू : लेक (२०२५), मोहन कोइरालाका कविता (२०३०), नून शिखरहरू (२०३१), सारंगी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम (२०३५), नदी किनाराका माझी (२०३८), ऋतुनिमन्त्रण गरलपान (२०४०), नीलो मह (२०४१), एउटा पपलरको पात (२०४७), गजपथ (२०५९), आज कसैलाई बिदा गर्नु (२०६०) तथा मृत्युपछि प्रकाशित अन्तिम कविता सिमसारका राजदूत (२०६५) हुन्
पुरस्कार : नदी किनाराका माझीका लागि २०३८ सालको मदन पुरस्कार, २०३० तथा २०४०÷४१ ? साझा पुरस्कार : मोहन कोइरालाका कविता तथा ऋतुनिमन्त्रणका लागि, २०३५ सालमा रत्नश्री पदक आदि
मुख्य विशेषता : नवयुगीन प्रयोगवादी धाराको प्रवर्तन विकास, नेपाली कवितालाई नयाँ प्रयोगशील उचाइमा पु¥याउनु, सुरुवात्मा स्वच्छन्दतावादी भावधारा हुँदै पछि प्रयोगवादी भावधारामा पुगी त्यसैलाई परिपाकको स्थिति पु¥याउनु, लामोकवितायात्राको मुख्य प्रतिभाको रुपमा खडा भई त्यसलाई समृद्ध बनाउनु, प्रयोगवादी काव्ययात्रामा पनि सुरुमा दूर्बोध्य खालको पछि सरल तथा गम्भीर खालको काव्य सृजना गर्नु आदि
कोइरालाका अन्य प्रवृत्ति : परम्परागत शास्त्रीय मूल्य मान्यतालाई अस्वीकार गर्दै प्रतीकवादी स्वप्नलेखन अतियथार्थवादी स्वचालित शैलीमा लामोकविताको सृजना गर्नु, दोस्रो युद्धपछिको मानवीय चेतनामा परेको विभत्स विम्ब त्यस विद्रुप स्थितिले उत्पन्न त्रासदीय जीवनबाट पाश्चात्य जगतमा नित्शेले ईश्वरको मृत्युको घोषणा गरे यसपछिको अवस्थामा देखापरेका प्रतीकवाद, अतियथार्थवाद, विसंगति तथा अस्तित्ववाद आदिको प्रभाव ग्रहण गरेर प्रयोगवादी स्रष्टाहरू अगाडि बढेको पाइन्छ समालोचक ईश्वर बरालले मोहन कोइरालाको कविताको अभिवीक्षा शीर्षकको लेखमा भनेका छन् कीकोइरालामा टी.एस्. इलियटको गहिरो प्रभाव थियो मोहन कोइरालाका कवितामा पाइने नागर जीवनको विभीषिका, कालुष्य, मूल्य मान्यताको तिरोहण, अनास्थाको बिग्बिगी, सामाजिक क्षयिष्णुता मात्र होइन, नाटकीय एकालाप, आहाने अभिव्यञ्जना तथा गूढ चिन्तन आदि जस्ता विशेषताहरु टी.एस्. इलियटकै प्रभावबाट भित्रिएका हुन् उनका कवितामा बौद्धिकताले उत्पन्न दूर्बोध्यता
लामोकवितात्मक यात्राका चरण : मुख्यतः चरण (०२२०३७ तथा ०३८ पछि मुत्युपर्यन्त )
समग्र कवितायात्रा : प्रथम चरण : २००७२०१६, द्वितीय चरण : २०१७०२१, तृतीय चरण : २०२२०३७ चतुर्थ चरण : ०३८ पछि मृत्युपर्यन्त : प्रा.डा. बासुदेव त्रिपाठीलगायतका मतमा
लामो कविताको सुरुवात् : वि.सं. २०२२ सालमा रुपरेखा पत्रिकाको फागुन अंकमा  प्रकाशितसूर्यदानशीर्षकको कविताबाट मोहन कोइरालाका कविता, सारंगी बोकेको समुद्र, हिमचुली रक्तिम , आज कसैलाई बिदा गर्नु कतिपय लामाकवितासहित कविता संग्रह तथा नीलो मह काव्य हो भने अरु सबै लामाकविताहरुको संग्रह हुन् ०३८ सालमा प्रकाशित नदी किनाराका माझी शीर्षकको कवितासँगै मोहन कोइरालाले लामोकविताको क्षेत्रमा नयाँ मोड ल्याएको देखिन्छ कोइरालाका ०३८ अघिका कवितामा दूर्बोध्यता थियो भने त्यसपछिका कविताहरुमा पाठकीय सहज सम्प्रषणीयता भेटिन्छ
लामाकविताको चरणगत प्रवृत्ति
प्रथम चरण : वि.सं. २०२२२०३७ सम्म
लामाकविताहरु : सूर्यदान : ०२२, लेक : ०२३÷२५, पलङ नं. २१ : ०२८   नून शिखरहरु : ०३१
विशेषता : यी सबै कवितामा विसंगतिअस्तित्ववादी जीवनदृष्टि, प्रतीकवादीअतियथार्थवादी स्वचालित लेखन पाइन्छ
सूर्यदानमा विसंगतअस्तित्ववादबाट निर्देशित काममूलक जैविक चिन्तन, लेकमा प्रकृति कामवृत्तिको सामञ्जस्यमूलकता, पलङ नं. २१ मा विसंगत अस्तित्ववादी जीवशास्त्रीय कामवृत्तिसँगै नेपालका हिमालपहाड गाउँका सांस्कृतिक जीवनशैलीको स्मृतिप्रवाह तथा नून शिखरहरुमा नेपाली हिमाली प्रदेशको स्वच्छ मोहक प्रकृति त्यहीँको आदिम खुला संस्कृतिको प्रयोगवादी अवचेतनलेखनमूलक एकालापी अभिव्यक्तिजस्ता विशिष्टताहरु देखा पर्दछन् सबैमा गद्यकवितात्मक मुक्त लयढाँचाको प्रयोग गरिएको कवितामा विसंगतअस्तित्ववादी जीवनदृष्टि सौन्दर्यचेतनाको नै व्याप्ति देखाएका छन् भने तिनको विषयगत सेरोफेरोमा नेपालको हिमालीपहाडी प्राकृतिक पर्यावरण, वनस्पतिजगत् एवं वायुमण्डलीय नक्षत्रमण्डलीय दृश्य पनि समेटेका छन् यिनको भागवत सेरोफेरो प्रेम, मिलन, विरह, प्रतीक्षा, उल्लास, घेणा, स्मृति, विवशता, संघर्षशीलता, तृप्तिअतृप्ति, आशानिराशाजस्ता सूक्ष्म संवेदनाहरुको रोचक सन्निवेशबाट निर्मित भएको सम्पूर्ण सृष्टि, ब्रह्माण्ड, वनस्पतिजगत्, जीवजगत् मानवजीवनका निरन्तरता नियमनमा कामवृत्तिको सर्वोच्च भूमिका रहेको कुरा स्वीकार गरिएको जसमा अवचेतनमूलक अन्तः संरचना स्वचालित लेखनको शृङ्खलाहीनताजस्ता विशेषता दृष्टिगोचर हुन्छन् विविध स्रोतका विम्ब तथा संकेतसन्दर्भहरुको प्रचुर मौलिकतापूर्ण प्रयोगद्वारा जटिल, अस्पष्ट एवं तिर्यक/छड्के विचलनयुक्त भाषिक प्रयोगद्वारा यी लामा कवितामा थप दूर्बोध्यता भरिएको यी कविताहरुको बोधका लागि शब्द, वाक्य अनुच्छेदमा भन्दा पनि संकथनमै भर पर्नु पर्ने हुन्छ यो परम्परित कवितात्मक ढाँचाका विरुद्ध प्रहार गरिएको नवीन प्रयोगशील अभिव्यक्ति हो नेपाली कविताको पूर्वपरम्परामा रचिँदै आएका खण्डकाव्यका वैकल्पिक प्रयोगवादी उपलब्धि नै लामोकविता हो लामा कविताको नयाँ जग बसाली त्यसलाई अग्रगति दिनु नै कोइरालाको लामोकवितात्मक यात्राको प्रथम चरणको विशिष्ट प्राप्ति हुन आउँछ
द्वितीय चरण : वि.सं. २०३८ यता
लामा कविताहरु : नदी किनाराका माझी (नदी किनाराका माझी, काम खोज्नेको लस्कर, सडकको धूलोमा नाटक, एउटा बितेको प्रभात, यो परिवेश हिजोको गंगाप्रवास), नीलो मह (लघुमहाकाव्यकार लामाकविता), गजपथ (लामाकविता), ऋतुनिमन्त्रण गरलपान, एउटा पपलरको पात (एउटा पपलरको पात, हिमाल आरोहण माग्छ युद्धवर्जित शहर) आज कसैलाई बिदा गर्नु (चोको पर्वत चोको पर्वत ) सिमसारको राजदूत
मुख्य विशेषता : प्रयोगवादी क्लिष्टता, जटिलता दुरुहताभित्रै सम्प्रेष्यतासंवेद्यतातर्फ आकर्षित हुनु, हिमाली जनजीवनप्रतिको सचेतना, गरिबी जनजीवनप्रतिको भावसंवेदना, उत्तरआधुनिकवादी झुकाउ आदि
प्रवृत्तिहरु : नदी किनाराका माझी मोहन कोइरालाको काव्ययात्राकै निकै महत्त्वपूर्ण कृति हो ०३८ सालको मदन पुरस्कार विजेत यसै कृतिबाट उनी आङ्खनो काव्यिक दूरुहतालाई छाड्दै भावसम्प्रेष्यतातिर उन्मुख भएको पाइन्छ उत्तरप्रयोगवादी सम्प्रेषणशीलता सीमान्तीकृत वर्ग (सडकको धूलोका नाटक), जनजाति (नदी किनाराका माझी), नारी (गंगाप्रवाश), आदिका समस्या, संस्कृति, सोच आदिलाई विषय बनाई काव्य सृजना गरेका छन् यसबाट प्रयोगशील चिन्तनका साथै उत्तरआधुनिकतावादी प्रवृत्तितिरको झुकाउ अघि बढेको पाइन्छ
नदी किनाराका माझी
नदी किनाराका माझी : सीमान्तकृत माझी जातिका विश्वासआस्था कार्यकलापको काउकुतीमय कथा
काम खोज्नेको लस्कर : शहरमा भौँतारिएका युवायुवतिका बेरोजगारी समस्या
सडकको धूलोमा नाटक : सहरिया जीवनमा आर्थिक रुपले विपनन वर्गले भोग्नुपर्ने बहुल समस्याको नाट्यपारा
एउटा बितेको प्रभात : अतीतका गौरव वर्तमानकालीन रुग्णताविपन्नताको कथा
यो परिवेश हिजोको : अन्धविश्वासको व्याप्ति विश्वासको पलायन
गंगाप्रवास : काशीका धार्मिकपौराणिक महत्त्वका व्यतिरेकमा विवशतापूर्वक काशीप्रवासमा जाने दीनहीन अपहेलित नेपाली विधवा नारीका सामाजिक, आर्थिक मानवीय पीडा जस्ता अतिनवीन (उत्तरआधुनिक ढंगका) विषयको आख्यानात्मक नाटकीय लामोकवितात्मक प्रस्तुति
नीलो मह
नीलो मह : हिमाली प्राकृतिक सौन्दर्य, जनजातीय आदिम आवेग सांस्कृतिक सन्दर्भ तथा सामाजिकआर्थिक विसंगतिप्रतिको सचेतताको सात चुचुरामा गरिएको महाकाव्योन्मुख अभिव्यक्ति
ऋतुनिमन्त्रण गरलपान
ऋतुनिमन्त्रण : प्राकृतिक ऋतुको मानवीकृत सामाजिकीकृत नवीन चित्रण
गरलपान : आधुनिकउत्तरआधुनिक युगका संकटगरलको पान गर्न सक्ने शिवत्वसञ्चेतनाको प्रसार
एउटा पपलरको पात
एउटा पपलरको पात : आधुनिकउत्तरआधुनिक युगका विसंगतिअस्तित्ववादी चिन्ताचिन्तन, किंर्कतव्यबोध कर्मशीलता, पातजस्तो जीवनका सफलताविफलता एवं आरोहअवरोहको अभिव्यक्ति
हिमाल आरोहण  माग्छ : हिमाल आरोहणको प्राकृतिक पर्यावरण सामाजिक अवस्थाको परिवर्तनशील चलचित्रात्मक भावमय सुरम्यता
युद्धवर्जित शहर : विश्वसहरमा युद्धवर्जनको आत्मालापी उद्घोषण
गजपथ
गजपथ : सामन्तयुगीन वर्गीय अहम् मानवता एवं नेपालीका बसाइसराइ चुरे भावर प्रदेशका परम्परागत तराईली सामाजिक, सांस्कृतिक आर्थिक परिप्रेक्ष्यको सर्गबद्ध आख्यानात्मक महाकाव्योन्मुखता
आज कसैलाई बिदा गर्नु
चोको पर्वत चोको पर्वत : नेपालको उत्पत्तिसम्बन्धी इतिहाससञ्चेतना अतीतोन्मुखताको काव्यकलात्मक चित्रण
सिमसारका राजदूत
सिमसारका राजदूत : उत्तरआधुनिकयुगीन वातवरणचेतना, पक्षीका बसाइसराइ पक्षीअधिकारजस्ता अनेक विषयको चित्रण गरिएको
समग्रमा कोइरालाका द्वितीय चरण : प्रयोगवादी स्वचालित लेखनकै विस्तारित रुपका साथै उत्तरआधुनिक युगका मानवीय समस्या संवेदना, सीमान्तीकृत वर्ग, जनजाति, लिंग, वातावरण आदिका समस्याप्रतिको गम्भीर चासो, स्वरगत बहुलता, कसैले नछोएका नउठाएका विषय समस्यालाई विषयवस्तुका रुपमा प्रयोग गर्ने मौलिकता, प्रायः सम्प्रेषणीयता, सूक्ष्म आख्यानात्मक प्रबन्ध आन्तरिक प्रवाहान्विति, महाकाव्योन्मुख नवीन लामोकवितात्मकता जस्ता प्रवृत्तिहरु नेपालका हिमाल, पहाड, उपत्यका तराईका प्राकृतिक सौन्दर्यको मोहकता तथा त्यहाँका परम्परागत सामन्ती एवं जनजातीय समाज संस्कृतिका प्रवृत्तिगत विशिष्टता, गाउँ सहका विश्वास, अन्धविश्वास एवं सामाजिकआर्थिक वातावरणीय समस्यालाई विषयवस्तुका रुपमा प्रयोग गर्ने तिनलाई विसंगतअस्तित्ववादी चिन्तनकै केन्द्रीयतामा झल्काउन खोजे पनि विश्वशान्ति, मानवता, राष्ट्रियता सामाजिकताप्रतिको गम्भीर सचेतताबाट ओतप्रोत तुल्याई लामोकवितात्मक वाणी दिने जस्ता प्रवृत्तिले गर्दा पनि उनको यो चरण पर्याप्त नवीन बनेको
लामोकवितात्मक प्रवृत्ति :
लामा कवितालाई आङ्खनो रुचिक्षेत्र बनाइ त्यसैमा निरन्तर क्रियाशील रहे डेढ दर्जनभन्दा बढी लामा कविता प्रकाशित भएका छन् बहुजातीय, बहुसांस्कृतिक, जनजातीय, बहुवर्गीय प्राकृतिक सौन्दर्य एवं सामाजिकसांस्कृतिक परम्परा विशिष्टता, आर्थिक पीडा संकटग्रस्त जीवनमूल्यजस्ता बहुपक्षीय सेरोफेरोबाट उनका लामाकविताको विषयवस्तु स्वरुप संघटित भएको ग्रामीण तथा सहरीया सामाजिक तथा आर्थिक जनजीवनको चित्रण, हिमालपहाडउपत्यका तथा तराईका सांस्कृतिक तथा सामाजिक चिन्तन, उत्तरआधुनिकतावादी बहुस्वरीयता, सीमान्तीकृत तथा प्रवासीको पीडाको बोध, प्राणीशास्त्र, वनस्पतिशास्त्र, रसायनशास्त्र, समाजशास्त्र, मानवशास्त्र मनोविज्ञानबाट उत्प्रेरित आधुनिक चिन्तनका कोणबाट नेपाली एवं मानवीय जीवनजगत्को व्याख्या आदि मानवसभ्यताका अँध्यारा पक्षको चित्रण, अवचेतन मनका भावलरहरुको स्वचालित विस्तारमय प्रवाहयुक्त प्रयोगवादी प्रस्तुति मोहन कोइरालाको एक उल्लेख्य लामोकवितात्मक वैशिष्ट्य हो सर्गबद्ध सर्गरहित लामाकविता लेखन, विविध विषयका लाक्षणिक एवं व्यञ्जनाशील विम्बप्रतीकहरुको प्रयोग, रूपक, उत्प्रेक्षा, रूपकातिशयोक्ति, स्मरण, प्रश्न, सन्देह, विरोध÷विरोधाभास, समासोक्ति, व्यक्तिविधान, समानान्तरजस्ता अर्थालंकारको सौन्दर्य उनका कविताका विशेषता हुन्   कविनिबद्ध प्रथम पुरुष कविकल्पित तृतीय पुरुषवा नामरूपविशिष्ट पात्रद्वारा कसैप्रति सम्बोधित नाटकीय एकालापपूर्ण/आत्मालापपूर्ण/स्वगतकथनमूलक/मनोवादात्मक कथनकै रुपमा प्रस्तुत देखिन्छन्   ठाउँठाउँमा दोहोरो संवादको प्रयोग गरिएको संगीतात्मक लय उनका कवितामा पाइन्छ भाषाशैलीको मुख्य अभिलक्षण प्रबुद्ध पाठकका निम्ति मात्र बोध्य उच्च प्रयुक्तियुक्त वाक्यमा विचलन, संकथनबाट मात्र कविताको भाव बुझ्न सकिने लामाकविताको भाषाशैली दरुह, प्रबुद्ध पाठकका निम्ति मात्र बोध्य  उच्चप्रयुक्तियुक्त बनेको
कोइरालाका प्रयोग : प्रयोगवादी दुर्बोध्यताका साथै सुबोध्यतातर्फको उन्मुखता, भावप्रवाहात्मक अमूर्तता मूर्त वस्तुगततातर्फको सचेतता, आख्यानरहितता सूक्ष्माख्यानात्मकता, सर्गयुक्तता सर्गरहिता, खण्डकाव्यधर्मी लमाइ महाकाव्यधर्मी लमाइ जस्ता जुन विविधतापूर्ण प्रयोग गरेका छन् त्यो नै उनी एक्लैले नेपाली लामोकविताका परम्परामा गरेका प्रकारगत योगदानको सूचक/साक्ष्य हो सम्प्रेषणको क्लिष्टता चरम प्रयोगशीलता अनि संवेद्यतासम्प्रेष्यतातर्फको सचेत उन्मुखता उनका लामाकविताका प्रयोगशील पक्ष हुन्
गंगाप्रवास लामोकविताको विश्लेषण :
नदी किनाराका माझीमा संकलिछ कवितामध्येको अन्तिम कविता मदन पुरस्कार विजेता नदी किनाराका माझीभित्र संगृहित गंगाप्रवास लामो कविता हो २०३८ सालमा प्रकाशित गंगाप्रवास मोहन कोइरालाको लामाकविताको दोस्रो चरणमा देखापरेको कविता हो
कृतिगत सन्दर्भ :
गंगाप्रवास मोहन कोइरालाले ०३६/०३७ सालका एकडेढ वर्षभित्र रचेका नदी किनाराका माझी संग्रहमा संकलित छवटा लामाकवितामध्येको अन्तिम कविता हो यसको रचना लागत लगभग डेढदुई महिनाको देखिन्छ २०१७ सालको राजतन्त्रात्मक निरंकुशताले कवि मनमा ल्याएको चिन्ता त्यसपछिको विद्रोहात्मक कविचेतले जन्माएको सडक कविताक्रान्तिमा सक्रिय भूमिका निभाउने काममा मोहन कोइरालाको अग्रणी भूमिका रह्यो यसले प्रयोगवादी धाराको नवप्रवर्तन गर्न सहयोग गरायो यसै पृष्ठभूमिमा स्वचालित लेखकनका साथै दूर्बोध्य खालका काव्य सृजना गर्न कोइरालाको लेखनी सक्रिय रह्यो
आख्यानात्मक विषयवस्तुगत स्वरुप शीर्षकीकरण : गंगाप्रवास कोइरालाका अवचेतन लेखनकै विस्तृत प्रकाशनको प्राप्ति भए पनि यो उनका पाठकसचेत सम्प्रेषणशीलता अभिव्यक्तिगत मूर्ततातर्फको झुकाउको दरिलो साक्ष्य पेश गर्ने लामोकविता हो गंगाप्रवासमा आख्यानात्मकताको प्रयोग गरिएको आख्यानात्मक विषयवस्तु स्रोतका दृष्टिले कविकल्पनाप्रसूत (उत्पाद्य) किसिमकै देखिन्छ भने स्वरुपका दृष्टिले चाहिँ नेपाली पहाडी ग्रामीण जनजीवनका दैवी प्रकोपजन्य मृत्युपरक वियोग सामाजिकआर्थिक प्रताडनाजन्य प्रवासनका समस्याको वाहक भई सामाजिक प्रकारको बन्न गएको यसको त्यो आख्यानात्मक विषयवस्तु कविनिबद्ध वक्ताका रुपमा उपस्थित सानी नामकी पात्रका गंगा नदीप्रति समबोधित आत्मालाप आङ्खनै मनोगत संवादधर्मी आन्तरिक आरोहअवरोहमय गनुगनु/एकालापका प्रवाहमय अभिव्यक्तिमार्फत् प्रस्तुत गरिएको सामाजिक विषयवस्तु घटना, पात्र परिवेशका संघटक तत्वबाट निर्मित भएको, सम्बोधनमूलक स्मृतिप्रवाहात्मक एकालापी कथन पद्धतिको प्रयोग भएकाले आख्यानात्मक घटनामा ठोस स्थूल कथावस्तु छैन आफूलाई विस्तारै सानी सेर्पेनी, पाखे, नेपालकी छोरी, हिमालकी छोरी, किरातिनी, आदि अनेक नामबाट चिनाउने अर्काका जुठा भाँडाको कल्मष पखाल्ने पात्रले काशीको मणिकर्णिका घाटमा उभिई आङ्खना भावनाहरु आफूले काशीमा साहूका भाँडा मा¤ने काम अँगाली जीविकोपार्जन गरिरहेको जस्ता कुरा आफूजस्तै भारतप्रवासमा आएकी पाखे नेपालकै हिमालदुहिता कोसी गण्डकी कर्णालीकी बहिनी किरातिनी कल्मषनाशिनी तथा मुक्तिदात्री गंगा नदीका सामुन्ने पेस गरिरहेको दृश्यांकनबाट यसका उक्त सूक्ष्म कथावस्तुको बीज भाग वा आदि भाग बनेको
अन्य संक्षिप्त विचार : प्रवासी नेपालीको पीडा, नदी मान्छेबीचको सम्बन्ध, विधवा नारीको पीडा, पहाडी गाउँ पहिरोले लगेको   सासुससुरा पतिलाई पहिरोले पुरेको, गर्भवती भएकी सानी गंगा नदीको तिरमा गएर दुखेसो पोखेको, साहुबाट पीडा खप्नु परेको, गर्भको बालकले आङ्खनो सपना पुरा गर्ने कल्पना, बच्चाको जन्म नाम राख्ने सन्दर्भमा परेको दुविधा अन्ततः अमीर नाम राखेको, अमीरको बाललीला, उसको मृत्यु तथा अन्ततः घर फर्कनु पर्ने धारणा
कथाको विकासक्रम :
आदि : काशीप्रवास गएकी गर्भवती विधवा सानीले भाँडवर्तन माझ्ने काम गरी जीविकोपार्जन गर्न थाल्नु मध्य : उसको छोरो जन्मनु छोराको नाम अमीर राखी उसले सुखबोधआनन्दबोध गर्न थाल्नु अन्त्य : बिरामी परेको पुत्र अमीरलाई बचाउने उसका सारा प्रयत्न संघर्ष व्यर्थ भई अमीरको मृत्यु हुनु अनि उसका जीवनमा पराजयको दुर्नितिको पुनरावृत्ति हुनु
कथाको पूर्वदीप्ति : पहाडको घरसम्पत्ति, आङ्खना पति सासुससुरा पहिरोमा पुरिनाले गर्भावस्थामै आफू विधवा एक्ली भएको काशीप्रवासमा आएको घटनावृत्त
परिवेश : भारतप्रवास, काशीतट तथा नेपालको पहाडी दृश्यका साथै अन्य ठाउँहरु
पात्र : सानी सेर्पेनी : प्रतिनिधि, गतिशील, अनुकूल, जुझारु नारी पात्र अमीर : शिशुपात्र : चञ्चल बालसुलभ तर शिशुअवस्थामै उपचार नपाई मृत्यु वरण गर्नु परेको स्थिति गंगा : नदी, मानवीय रूपमा देखापरेकी प्राकृतिक पात्र तथा अन्य साहूमहाजन साथै अन्य प्रवासी तथा स्वेदेशी पात्रहरू
शीर्षक : हिमालपुत्री कोसी, गण्डकी, कर्णाली एवं भागीरथीमध्ये अगाडिका तीन दिदीबहिनी नेपालमै रहेको भागिरथी गंगाचाहिँ प्रवासी भएको सन्दर्भ तथा सानीजस्ता नेपाली दीनहीन चेलीबेटीको प्रवासीय पीडाका साथै अमीर नामक शिशुको प्रवासी यात्राको अस्तु गंगा नदीकै तटमा सेलाउनु नै यस शीर्षक सार्थकताका निम्ति देखापरेको विषयसन्दर्भ हुन् यसका साथै सानीले काशीमा गएर साहूमहाजनको भाँडाबर्तन धोएर त्यसलाई सफा बनाएको तथा गंगा नदीले चाहिँ सम्पूर्ण तीर्थालुको तन सफा गरेको अथवा मैलो सफा गरेको दुवै सन्दर्भको तादत्म्यताले पनि शीर्षक सार्थकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ
भावविधान मुख्य विचार : मानवीय अवचेतन मनका विविध सूक्ष्म
समग्रमा प्रयोगवादी कवि मोहन कोइरालाको काव्य स्रोतलाई यसरी देखाउन सकिन्छ :
प्रयोगवादी अवधारणा
प्रतीकवाद : चाल्र्स बोदलेयर तथा मलार्मे : भावात्मकता, प्रतीकात्मकता, संश्लेषणात्मकता, विषयीपरकता टी.एस्. इलियट, टी..ह्युम आदि
विम्बवाद : टी..ह्युम एज्रा पाउण्ड : नयाँ लयपद्धतिको सृजना, इच्छाएको विषयमा काव्य सृजना गर्ने छुट, मूर्त, स्पष्ट संक्षिप्त विम्बको प्रयोग आदि
अतियथार्थवाद : आन्द्रे ब्रतों : पुराना मूल्य मान्यताको वहिष्कार, व्यक्त हुन नसकेका प्रवृत्ति एवं जीवनका पाटालाई चित्रित, स्वचालित लेखन (automatic writing), दुरुह भाषाशैली, अनिश्वरवादी दृष्टि आदि
अस्तित्ववाद : आस्तिक : किर्केगाड अबाह, नास्कित : जाँ पाल सात्र्र  : अनिस्वरवादी दर्शन तथा विसंगतवादीअस्तित्ववादको खोजी आदि
विसंगतवाद : अल्बेर कामु : अस्तित्ववादीविसंगतिवादी चिन्तन आदि
फ्रेडरिक नित्से : ईश्वरको मृत्युको घोषणा, दोस्रो विश्वयुद्धपछि सृजित मानवीय संकट तथा विभत्स स्थितिले पारेको असर
कार्ल माक्र्स : भौतिकवादी चिन्तन, वर्गसंघर्षको सन्दर्भ । 

(लेख सम्पादन हुँदै छ ...)