बात खोजिरहेछु... - विचार-विमर्श

नयाँ

Tuesday, March 12, 2013

बात खोजिरहेछु...

प्रतिबद्धताको बात खोजिरहेछु
एउटा न्यानो साथ खोजिरहेछु । १

दुःख पर्दा जिन्दगीको गोरेटोमा
मलम लगाउने हात खोजिरहेछु ।। २

चिरेर चरक्क निशाको छातीबाट
जन्मिने सुनौलो प्रभात खोजिरहेछु ।।। ३

म हराएका ती बुद्धको देशबाट
वीर गोर्खाली जात खोजिरहेछु ।।।। ४

No comments: