बिम्बमा सरुभक्त - विचार-विमर्श

नयाँ

Saturday, March 16, 2013

बिम्बमा सरुभक्त


  

देखेको कुरा लेख्दैछु
लेखेको कुरा देख्दैछु
एक विराट प्रतिभा
जो साहित्यका भक्त
सरुका भक्त
हुन सक्छ अरुका भक्त
बोक्सीको आह्वान घोषणापत्रबाट
व्यूँझिएर एउटा सुन्दर परिवेशमा
मेरो देशमा
खोजेर पागल बस्तीका अवशेषहरु
तरुनी खेतहरुमा
सापेक्षता : सापेक्षता
सर्वनाम : सर्वनाम
विउ छरिरहे
गोडिरहे तरुनी खेतहरु
इतिहासभित्रको इतिहास
खोतलेर शून्यता भनिरहे
शून्यता अहम् शून्य
म सम्बोधन गरुँ 
 शेक्सपियर
साँर्त्रको भविता शून्यताबाट
फरक धारमा जन्माएर शून्यता
फइलिरह्यौ ज्ञान र विज्ञानमा 
नाटक देखायौ प्रयोगवादमा
कविता लेखायौ प्रयोगवादमा
उपन्यास जन्मायौ प्रयोगवादमा
निबन्ध व्यूँतायौ प्रयोगवादमा
मलामी मलामीहरुमा
मुर्दाकै मलामी  बोकेर अमूर्त
मूर्तस्वरुप खोजिरह्यौ मानवताको
जीवन्त बनाएर समय त्रासदी
हिँउ रोपेर
हिउँ हराएको चूलीमा
पक्रेर गाउँका बिम्बहरु
साहित्यका अरु भक्तभैm सरुभक्त बन्यौ
मेरो कवितामा
असमय अमौसम बनेर
फल्यौ 
तिम्रो  इथरमा कोरिएको प्रेमपत्र झैँ
मेरो कविताको मानसपटलमा कोरिएका छौ यतिबेला
पैmलिएर विशालतामा शून्यझैं
मेरो कविताको बिम्बबाट
त्यो अटल अमर रत्न
साहित्यको वागमा फुलाएर
सापेक्षतामा अन्त्य गर्दछ शून्यताबाट
पुनः शून्यतामा



No comments: