विचरा ! कीर्तिपुर - विचार-विमर्श

नयाँ

Saturday, March 23, 2013

विचरा ! कीर्तिपुर


विचरा ! कीर्तिपुर


च्यातिएका पर्दाभित्र
जिजीविषा बोकेर उभिरहेको
कीर्तिपुर ............
व्यारेकिकरणको छिटाहरुमा
फगत श्वास बनेर
चिच्याइ रहेछ
र लमतन्य फाटिएका सडकहरु
नाघिरहेका माक्र्स र बुद्धका
चेलाहरु शान्ति र क्रान्तिका
रङ्गिन स्वप्नाभित्र
वर्तमान र आगतका
कलम र सङ्गिनको त्रास खपिरहेछन्
र जपिरहेछन् बुद्धम् शरणं गच्छामी
शब्दका परेट खेलिरहेका
सरस्वती पुत्रहरु
सुदामाका भोकमा
कनिकाका कणकणमा
आर्थिक याचना

मञ्जुश्रीका रचनासँग
अलापिरहेछन्
सामवेदका आर्तनाद मुक ध्वनि
आगतका ध्रुवताराहरु
जसको पहिल्यै भ्रुण हत्या भइसकेको
कठै ! कीर्तिपुर
आश्वासनका मौन विलौना
च्यातिएका खल्तिमा सुरक्षित गर्दैछ ..........

No comments: