“पहाड र मान्छे” - विचार-विमर्श

नयाँ

Saturday, May 18, 2013

“पहाड र मान्छे”

दुखिको कथा लेख्ने
तुफानी मुस्लो छेक्ने
हाम्रो पहाड
इमान्दार र कर्तव्यनिस्ठ छ
देवकोटाका कवितामाझैँ वाचाल
अनी स्वच्छ सागरको छाल
हर नेपालीको ढुकढुकिमा –

आस्थाको अमर – अजर सतिसाल बनेर
उभिएको छ
आफ्नै संसारमा जिएको छ
न त ईर्स्याको कुनै बुंद छ पहाडमा
न त भ्रष्टताको लोभ
न त पहाड कुनै राजनीतिक खेल खेल्छ
न त खेलाउँछ
मात्र पहाड
रातो र तातो सुर्य ब्युँझाउन
प्रसव पीडामा छट्पटाएकी
आमाझैं आतुर छ
नवजात रश्मी जन्माउन
असंख्य विभेदको मुटु थर्काउन…
तर मान्छे पहाड जस्तो इमान्दार
बन्न सकेन
पहाडझैं खुलेर केहि
भन्न सकेन
न त पहाडजस्तो वीर
न त पहाडजस्तो स्थिर
र त मान्छे-मान्छेभित्र खुम्चंदै छ
स्वच्छ विचारका भ्रुण हत्याराहरु
आफैंले आफ्नै खुट्टामा बन्चरो हानिरहेछन
यसैले त यी मान्छेहरु
महलसंगै – सडकसंग मितेरी गाँस्न नसक्दा
दुनियामा खुलेर हाँस्न नसक्दा
उ भित्रको मानवता
पहाड देखेर तर्सिएको छ
पहाड
मान्छे देखेर तर्सिएको छ
सायद यसैले होला पहाड र मान्छे बिचको दुरी
आकाश र जमिनजस्तो असमान
मानौं I.C.U मा रखिएको
एक उच्च रक्तचापको रोगि बनिरहेछ …

नोट : यो कविता सन् २०११ मा पल्लवी साहित्यिक सञ्जालमा र पछि शब्द संयोजनमा प्रकाशित भएको छ । 

No comments: