टाउकोमा घमण्ड छिरेन भने ... - विचार-विमर्श

नयाँ

Saturday, April 11, 2020

टाउकोमा घमण्ड छिरेन भने ...



टाउकोमा घमण्ड छिरेन भने रवाफ हुँदैन
बुझी-बुझी प्रश्न गर्नेको कुनै जवाफ हुँदैन ।


बुझेनन् कसैले ज्ञान नभए विज्ञान टुहुरो हुन्छ
यस्तो लाग्थ्यो विज्ञान भए'सी अभाव हुँदैन ।


तेरो पनि बालबच्चा जहान होलान् घरमा
यत्ति बुझ्दे कसैलाई नमारी कवाफ हुँदैन ।।


बाँच्न सक्ने वातावरण सृजना गर्दे पुग्छ
त्यसपछि कतै राहत बाँड्ने दबाब हुँदैन ।।


(रचना - २०७६ साल चैत २९ गते - अप्रकाशित गजल) 

No comments: