मेरो कवितामा प्रकाश सायमी - विचार-विमर्श

नयाँ

Wednesday, March 13, 2013

मेरो कवितामा प्रकाश सायमी

प्रकाश !!!

रातको मृत्युसँगै
प्रकाश प्रभातकालमा
पुन: व्युँझन्छन
गालीबका चिहानबाट
अनि व्युँझन्छन
कोलाहाल भिडमा
सिर्जनाका राप ओकल्दै !

प्रकाश खोजिरहेछन अर्थविहिन जिन्दगीका
रहस्यात्मक परिभाषाहरु
अनि खोजिरहेछन
एक साँझ पियानोको तालमा
"महायात्राको मौन व्याख्या" !!

प्रकाश जीवनका अनेकौं
रङ्गहरुले पोतिएका
मनका क्यान्भाषसँगै
शायद यती बेला खोज्दै होलान
आफ्नै प्रयोगशालामा निर्मित
अमुर्त कला
"गोपनियतामा ईश्वर" !!!

त्यो अस्पष्ट छ
उनी बुझ्दैनन……
तर म भन्छु
त्यो उनलाई बुझाउनु पर्दैन
किनकी उनी देवकोटाका वाचाल पहाड हुन
जो सधैं दिग्दिगन्त
आफैंमा अचल, अमर अनि अजर छ !!!!

Date : 2068-04-02 at Bus Station Pokhara.

1 comment:

Rajin Paneru said...

धन्यवाद, राजिन पनेरु जी । तपाइँले मलाई दिनुभएको यो असीम सम्मानको लागि लायक छु र ? तर तपाइँले मलाई त्यसको निम्ति तयार पार्नु भो , अब मलाई किलोकाकिलो फूलको माला लगाउनु नपर्ने भो । भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चनका अगाडि एकदिन मेरा मित्र बैरीले उनको नाममा एउटा कविता पढेर सुनाए, कवितामा उनका पिता हरिवंश राय वच्चन र उनका पिताका गुरु भारतका महाकवि सुमित्रा नन्दन पन्तको पनि नाम जोडिएको थियो , अमिताभले जुहूको पृथ्वी थिएटरमा त्यो कविता सुन्दा पुरै उठेर अभिवादन स्वीकार्नु भयो । पछि बच्चनसित काठमाण्डूमा भेट हुुँदा पनि मैले त्यो कुरा उल्लेख गर्दा उहाँ भावुक हुनु भो । यस्तो हुन्छ, आत्मीय सम्मान राजिन जी । तपाई र मेरो वीचमा एउटा कुरा गज्जबले मिल्दो रहेछ, मेरो वास्तविक नाउँ राजीम नै हो पछि म प्रकाश भएँ । तपाइँले कवितामा यति धेरै रुपक र प्रतीक प्रयोग गर्नु भयो , मेरो चिनाको नाउँ रुपक पनि याद आयो । आदरणीय साहित्यकार प्रकाश सायमी ज्यूबाट प्राप्त कमेन्ट