‘खप्परहरू’ - विचार-विमर्श

नयाँ

Sunday, April 28, 2013

‘खप्परहरू’


तिमी ढुक्क छौ
अब खप्परहरू बौरिन्नन्
ऊ ढुक्क छ
अब खप्परहरू भुक्दैनन्
हामी ढुक्क छौँ
अब खप्परहरू  जन्मनन्
तर मन ढुक्क छैन
प्रश्न  तेर्स्याउँछ  ढुक्कमाथि
अझै खप्परहरू सेलाइसकेको छैन
मट्टिमा मिलिसकेको छैन
छुटतन्त्रमा उसलाई पनि छुट छ
र व्यूँतिरहेको छ खप्परहरू
लुटतन्त्रमा उसलाई पनि लुट छ
र  सल्बलाइरहेको छ खप्परहरू
चल्बलाइरहेको छ  खप्परहरू
यतिबेला मट्टिबाट उठेर
खप्परहरू भट्टिमा योजना बुनिरहेको छ
खप्परहरूको नेता चुनिरहेको छ
भविष्यवाणी अब तरलताको मौकामा
खप्परहरू चौका हान्दैछ
जोडेर पुराना मस्तिष्कहरूमा पाइन भर्दै छ 
खोजेर हात–खुट्टा बामे सर्दै छ
सावधान्  ! ! !
गाडेर खप्परहरू छाड्न हँदैन थियो
नजालाएर गल्ती गर्यौ
त्यसैले अब सबैभन्दा पहिले
गाडिएका खप्परहरू खोतलेर
शहर पसेका खप्परहरू
बामे सर्दै गरेका खप्परहरू
योजना बुन्दै गरेका खप्परहरू
सपना देखिरहेका खप्परहरू
यानेकी सामन्ती खप्परहरू
लुटाह खप्परहरू
देशद्रोही खप्परहरू
बलत्कारी खप्परहरू
चीरद्रोही खप्परहरू
वंशविनाशक खप्परहरू
निमिट्यान्न पार्नका लागि
ए  !  सच्चा मस्तिष्कहरू हो
उठाऊ त्यो तातो र रातो मशाल
जबसम्म शेष खप्परहरू जलाइन्न
त्यो तर्साइरहन्छ
त्यसको सैतानी आत्मा बौलाहिरहन्छ
त्यसैले ए ! सच्चा क्रान्तिकारी हो
आऊ समाऊ यो तातो र रातो मशाल
सबै मिलेर पौलौँ सैतानी खप्परहरू
अनि मात्र हामी रमाऔँ
जतिबेला यी खप्परहरूका  साम्राज्यहरू
खरानीमा परिणत हुनेछ । ।

2 comments:

Unknown said...

"ए ! सच्चा मस्तिष्कहरू हो
उठाऊ त्यो तातो र रातो मशाल
जबसम्म शेष खप्परहरू जलाइन्न
त्यो तर्साइरहन्छ "
राम्रो लाग्यो कविता...अझै राम्रो कविता हरु लेख्दै जानु होला !!! प्रगति को शुभकामना ....!!!

Rajin Paneru said...

Thank u so much Ashok ji for ur good reply. Pakkai pani tapain haruko mayalai sath lindai agadi badhne 6u ..........