मुटु काटेर उपहार कसरी दिऊँ ? - विचार-विमर्श

नयाँ

Monday, April 29, 2013

मुटु काटेर उपहार कसरी दिऊँ ?

मुटु काटेर उपहार कसरी दिऊँ ?
मन नपरेको लाई प्यार कसरी दिऊ ?

मागिरहेछे ऊ माया गर्छुको जवाफ
ए भन्नोस् न यार कसरी दिऊ ?

गजलको शेर माग्छे भने दिन्छु तर
यो सिंगो गजलकार कसरी दिऊँ ?

ऊ सम्झन्छे आफुलाई  राजकुमारी भएको
अरे कथाको राजकुमार कसरी दिऊँ ?

म मर्छु अब रेटिएर बाँच्दिन रे
हरे आँखा छोपेर तरबार कसरी दिऊँ ?  
   
                                  १६ बैशाख : २०७०
                 सरस्वती नगर, चाबहिल काठमाडौं 



No comments: