धेरै दिनदेखि भोकाइरहेको बेला ... - विचार-विमर्श

नयाँ

Saturday, May 18, 2013

धेरै दिनदेखि भोकाइरहेको बेला ...

मान्छेको भित्री मन कस्ले बुझ्छ र ? 
यो रहस्यको जीवन कस्ले बुझ्छ र ? 

धेरै दिनदेखि भोकाइरहेको बेला 
मन्दिरको प्रवचन कस्ले बुझ्छ र ? 

जनतालाई मुक्ति दिन्छु भन्नेको 
मध्यरातको शासन कस्ले बुझ्छ र ? 

कतै भाषाको कतै मायाको कतै देशको
अनेकौं विभाजन कस्ले बुझ्छ र ?

No comments: